अधिकृत र नायव सुब्बास्तरको लागि जागिर खुल्यो, कुन प्रदेशमा कति आवश्यकता ?

अधिकृत र नायव सुब्बास्तरको लागि जागिर खुल्यो, कुन प्रदेशमा कति आवश्यकता ?


काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि सरकारले अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटामा आवेदन खुलाएको छ।

शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यलयको वेवसाइटबाट आवेदन दिन सक्ने व्यवस्था मन्त्रालयले गरेको छ। २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्तिका लागि खुलाइएको आवेदनमा कम्प्युटर, मल्टिमिडिया, स्क्यानर र प्रिन्टरको ज्ञान भएको व्यक्ति खोजिएको छ। सबैभन्दा बढी एक नम्बर प्रदेशमा १३७ जना रहेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्।

सरकारले संविधानप्रद युवालाई रोजगार नभए निर्वाहाभत्ताको व्यवस्था कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न थालेको हो। जसअनुसार १० हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायब सुब्बा र १० हजार भन्दा बढी जनसंख्या भएको स्थानीय तहमा अधिकृत तहको रोजगार सूचना केन्द्र नियुक्त गर्न थालेको हो।

कुन प्रदेशमा कति ?

प्रदेश १ मा १३० जना अधिकृत र सात जना सुब्बा प्रदेश २ मा १३६ अधिकृत प्रदेश ३ मा ११२ जना अधिकृत ७ जना नायब सुब्बा गण्डकी प्रदेशमा ७४ जना अधिकृत र ११ जना नायब सुब्बा प्रदेश ५ मा १०९ जना अधिकृत कर्णाली प्रदेशमा ६२ जना अधिकृत र १७ जना नायव सुब्बा सुदूरपश्‍चिम प्रदेशमा ८२ जना अधिकृत र ६ जना नायव सुब्बा