प्रधानमन्त्रीलाई मिनेन्द्र रिजालको प्रश्न : गिरिजा र सुशील कोइरालाको नाम मन नपरेको हो?

प्रधानमन्त्रीलाई मिनेन्द्र रिजालको प्रश्न : गिरिजा र सुशील कोइरालाको नाम मन नपरेको हो?


काठमाडौं – प्रतिनिधिसभाको बैठकमा कांग्रेस नेता तथा सांसद डा. मीनेन्द्र रिजालले सरकारको काम कारबाहीबारे प्रश्न उठाएका छन्।शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर चलिरहँदा सांसद रिजालले सरकालाई गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामको अस्पताललाई विघटनको दोसाधमा किन लगेको भन्ने प्रश्न गरेका थिए ।

‘गिरिजा र सुशील कोइरालाको नाम मन नपरेर होकी के हो जीपी कोइराला स्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई घिटनको दोसाधमा पुर्याएको ?’ रिजालले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए । सांसद रिजालको प्रश्नमा जावाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले नेताहरुको नाममा खोल्न लागिएको अस्पताललाई यथास्थितिमा राख्न नखोजेको बताए ।आफूले यस सम्बन्धमा कांग्रेस सभापति र अन्य नेताहरुसँग कुरा गरिरहेको दाबी गरे ।

गिरिजा कोइरालाको नाममा खोल्ने भनिएको अस्पतालमा स्वास प्रश्वास सेवा मात्र नचल्ने भएका कारण त्यसलाई कसरी व्यवस्थित गर्ने र बजेटको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कांग्रेस नेताहरुसँग कुरा भइरहेको बताए । ‘मास्ने समाप्त पार्ने र नाम मन नपरेसम्मको सोचाइ आउँछ भन्ने सोचेको होइन’ जवाफ दिँदै ओलीले भने, ‘कांग्रेसले भारतले बजेट दिन्छ भन्यो तर व्यक्तिगत मात्र नभई सरकारको तर्फबाट के हुन सक्छ ? त्यस विषयमा छलफल गरौं भनेको थिए मैले । मैले हिजोसम्म पनि नेपाली कांग्रेसका नेताहरुलाई भनेको छु । वरिष्ठ नेता, सभापति र गच्छदारजीलाई पनि भनेको छु । कि यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा छ ।’

यसलाई प्रभावकारी ढंगमा कसरी अगाडि बढाउ भन्ने सरकार केन्द्रीत भइरहेको समयमा यो प्रश्न नै अनौठो भएको प्रधानमन्त्रीको भनाइ थियो । उनले जमिन मात्र राखेर यथावत हुन्छ ? भन्दै उल्टै मिनेन्द्रलाई नै प्रश्न गरेका थिए । ‘जमिन मात्र राखेर यथावत हुन्छ ? यथावत राखेर होइन हस्पिटल बनाएर अगाडि बढाउने होला नि १ जमिन मात्र राखेर यथावतमा राख्ने हो ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।