सुर्खेतमा विप्लवको बन्द, दुई ट्रकमा आगजनी

सुर्खेतमा विप्लवको बन्द, दुई ट्रकमा आगजनी


काठमाडौं – शनिबार विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले सुर्खेतमा बन्दको अवज्ञा गरेको भन्दै दुईवटा ट्रकमा आगजनी गरेका छन्।कार्यकर्ता रिहाईको माग राख्दै विप्लवले बिहानैदेखि बन्द गरेको हो ।

सुर्खेत जिल्लामा विप्लवले बन्द गरेपछि यहाँबाट बाह्य जिल्लाका लागि सवारीसाधनहरु गुड्न सकेका छैनन् । बन्दकर्ताले शनिबार बिहान जिल्लाको बराहताल गाउँपालिका-५ मा मिनिट्रक र भेरीगंगा नगरपालिका-२ मा मालबाहक ट्रकमा आगजनी गरेका हुन्।

आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक जलेको जिल्ला प्रशासन कार्यालय (सुर्खेत) ले जनाएको छ। ‘ट्रक आगजानी गर्ने समूह फेला परेको छैन,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने, ‘खोजी भइरहको छ।’ बन्द भए पनि सवारीसाधन स्कर्टिङमा सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी यादवको दाबी छ। बजार फाट्टफुट्ट खुलेका छन्।