प्रधानन्यायाधीश जबराकाे अर्काे उद्घाेष : बिचौलियालाई अदालतको अवहेलनामा कारबाही हुन्छ

प्रधानन्यायाधीश जबराकाे अर्काे उद्घाेष : बिचौलियालाई अदालतको अवहेलनामा कारबाही हुन्छ


काठमाडौं–प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने चेतावनी दिएका छन्।

न्याय सम्पादनमा अदालतको गरिमामा आँच पु-याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारबाही गरिने प्रधानन्यायाधीश जबराले  आइतबार संवैधानिक तथा कानून पत्रकार मञ्चकाे टाेलीसँग भनेका हुन्।

विचौलिया कुना–कुनामा, टेबल–टेबलमा, बेञ्च बञ्चैमा घुसेको उल्लेख गर्दै उनले भने, ‘यसको उन्मुक्ति हुनुपर्छ, विचौलियालाई कर्मचारी, कार्यसम्पादन र प्रक्रियामा रोक्छौँ।’ राणाले घुसपैठ गरेर न्याय सम्पादन गरेमा अदालतको गरिमामा आँच पु-याउने कार्य गरेको भनेर अदालतको अवहेलनातर्फ कारवाही गर्न लक्षित रहेकाे बताए।

प्रधानन्यायाधीश राणाले उच्च अदालत विराटनगरका पाँच न्यायाधीशको कार्यसम्पादनमा प्रश्न उठेको हुनाले अध्ययनका लागि न्याय परिषद्मा ल्याएको उल्लेख गर्दै सुक्ष्म निगरानी अध्ययन समहूले ल्याएको प्रतिवेदनमा कमीकमजोरी देखिएको हुँदा थप अध्ययनका लागि परिषद्का कामकाजमा ल्याएको बताए। विराटनगरका पाँच न्यायाधीशलाई उचित कार्यसम्पादन नभएको उल्लेख गर्दै यही माघ ३ गते न्याय परिषद्मा काज सरुवा गरिएको थियो।