प्राध्यापक संघ सुप विश्वविद्यालयको अध्यक्षमा भट्ट 

प्राध्यापक संघ सुप विश्वविद्यालयको अध्यक्षमा भट्ट 


महेन्द्रनगर– नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अध्यक्षमा कर्णदेव भट्ट चयन भएका छन्।

संघको सोमबार भएको पुर्नगठनमा अध्यक्षमा फेरी भट्टलाई नेतृत्व दिएको हो । बरिष्ठ उपाध्यक्ष गिरीराज कठायत, उपाध्यक्ष डा.दिपकराज जोशी, सविच भक्त राज भट्ट, सह–सचिव मान बहादुर भाट, कोषाध्यक्ष राम प्रशाद तिवारी चयन भएका छन् ।

सदस्यहरुमा नरेन्द्र अवस्थी, मोहनराज जोशी, हर्क साउद, हरी प्रशाद लेखक, झनक जैशी, दामोदर कँडेल, किशोर बोहरा र नायारण प्रकास शाह चयन भएका छन्