३३ किलो सुनकाण्ड: विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश भुर्तेल पनि कारबाहीमा

३३ किलो सुनकाण्ड: विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश भुर्तेल पनि कारबाहीमा


काठमाडौं– न्यायापरिषद्ले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा. कूलरत्न भुर्तेललाई कारबाही स्वरुप जिम्मेवारीमुक्त गरेको छ।

३३ किलो सुन काण्डमा सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्को सोमबार बसेको बैठकले भुर्तेललाई पनि छानबिनका लागि न्यायापरिषद्मा हाँजिर गराउने निर्णय गरेको हो।

यसअघि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय परिषद्को सचिवालयलाई तानिएको थियो ।

सुन तस्करी काण्डमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपनि उच्च अदालतले आदेश उल्ट्याइदिएपछि उनीहरु मध्ये अधिकांशलाई धरौटीमा छुटेका थिए।

परिषद्ले विराटनगरमा कायममुकायम मुख्य न्यायाधीश तोक्ने गरी हेटौंडा उच्च अदालतका न्‍यायाधीश शिवराज अधिकारीलाई खटाएको छ। परिषद्ले सर्वोच्चका मुख्य रजिस्ट्रार राजन भट्टराईलाई पाटन उच्च अदालतको न्यायधीशमा नियुक्तिका लागि शिफारिस गरेको छ।

सर्वोच्चका पूर्व न्यायाधीश तपबहादुर मगरलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तका लागि सिफारिसको गरेको छ।