भारतमा ७० औं गणतन्त्र दिवस मनाइँदै

भारतमा ७० औं गणतन्त्र दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मित्रराष्ट्र भारतले शनिबार ७० औं गणतन्त्र दिवस मनाइँदैछ । संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ । हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ ।

सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा समेत यो दिवस मनाउने गरेको हाे ।

गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । भारतले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।