चीनले नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो कोटेश्वर-कलंकी सडक

चीनले नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो कोटेश्वर-कलंकी सडक


काठमाडौँ – चीन सरकारले कोटेश्वर-कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चीनको संघाई ग्रुपले २०७० असारदेखि विस्तारको काम सुरु गेकोमा पाँच वर्षमा सरकालाई हस्तान्तरण गरेकाे हो।

सोमबार ललितपुरमा आयोजित एक समारोहबीच नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी हुन् ।  चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तार गरेको छ। सडक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी देशहरुलाई विश्वासमा लिएर सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिइने प्रतिबद्धता जनाए।

०७२ सालको भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण कम्पनीले लक्ष्य अनुसारको काम गर्न भने सकेको थिएन। चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले सो सडक खण्डको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरे । चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु¥याउँदै आएको सहयोगको पनि त्यस अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंशा गरे ।

प्रधानमन्त्री ओलीले हिमाल, पहाड र नदीबाट सुरु भएको चीनसँगको सम्बन्ध समस्यासहित रहेको पनि उल्लेख गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अझै आशा गरिएको पनि स्पष्ट पारे । कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताइन् ।