सरकार आधुनिक कृषि प्रणालीमा प्रतिबद्ध : कृषिमन्त्री खनाल

सरकार आधुनिक कृषि प्रणालीमा प्रतिबद्ध : कृषिमन्त्री खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिवास – कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले वर्तमान सङ्घीय सरकार कृषि क्षेत्रका सम्भावना बढाउँदै जनता प्रत्यक्ष लाभान्वित हुने योजनामा केन्द्रित रहेको बताएका छन् ।

आइतबार महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ कृष्णपुरमा होलसेल कृषि बजार तथा कृषि प्रवद्र्धन केन्द्र स्थापनाको सम्भाव्यताबारे स्थलगत निरीक्षण गरेका मन्त्री खनालले सरकार कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनेतर्फ योजनाबद्धरूपमा लागेको बताएका हुन्।

सरकारले मुलुकका सातवटै प्रदेशमा होलसेल कृषि बजार स्थापना गर्ने निर्णय गर्दै सोका लागि धमाधम ठाउँ छनोट गर्ने, विस्तृत परियोजना प्रतिवेदन बनाउने र तत्काल निर्माण काम थाल्ने योजना अघि बढाएको मन्त्री खनालले जानकारी दिए ।

“सरकार अब कुनै जग्गा बाँझो राख्न नहुनेगरी काममा जुटेको छ”, मन्त्री खनालले, “उत्पादन र उत्पादकत्व बढाउन अब किसानको तत्परता आवश्यक छ ।” सरकार उत्पादित फसलको सुनिश्चित बजार व्यवस्थापनमा जुटिसकेको मन्त्री खनालको भनाइ थियो ।

सिँचाइको प्रबन्धदेखि कृषि ज्यावल, मल, बीउ, सुलभ ऋण र बजारको समुचित व्यवस्था गरिने उले बताए । मन्त्री खनालले बर्दिवास–६ कृष्णपुरमा यसै शैक्षिकसत्रदेखि सञ्चालनमा आएको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको पनि अवलोकन गरे ।

यसअघि मन्त्री खनालसँग आम किसानले जग्गा उर्वर भए पनि सिँचाइ, मल, बीउ, प्राविधिक हेरचाह र बजार नहुँदा आपूmहरू दीनहीन र निरीह बन्नुपरेको गुनासो गरेका थिए । मन्त्री खनाललाई बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले नगरमा मेयर कृषि कार्यक्रम सञ्चालन गरेर नमूना कृषि क्षेत्र विकास गर्न निश्चित बजेट नै विनियोजन गरेर काम शुरु गरिएको जानकारी गराए ।

सो कार्यक्रमअन्तर्गत सिँचाइ, उन्नत बीउ, मलको सरल बजार, कृषिउपज भण्डारण र बजार प्रवद्र्धनजस्ता क्षेत्रमा काम गरिने प्रमुख कार्कीले जानकारी दिए ।