प्रचण्ड पत्नी सीता दाहाल डिस्चार्ज

प्रचण्ड पत्नी सीता दाहाल डिस्चार्ज


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि सोमबार डिस्चार्ज भएकी छन् ।

ज्वरो, रुघाखोकी र चिसोले सताएपछि दाहाललाई माघ ६ गतेदेखि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। उनलाई दिउँसो २ बजे डिस्चार्ज गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

दाहाललाई आइतबार आईसीयुबाट जनरल वार्डमा सारिएको थियो ।  उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार जनरल वार्डमा दाहालको निगरानी पश्चात स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो ।