करेण्ट लागेर मृत्यु भएका परिवारलाई पांच लाख दिने उर्जामन्त्रीको घोषणा

करेण्ट लागेर मृत्यु भएका परिवारलाई पांच लाख दिने उर्जामन्त्रीको घोषणा


काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले धनुषाको सबैलामा करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पांच लाख दिने निर्णय गरेको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले घटनामा मृत्यु भएका परिवारलाई क्षतीपुर्ती दिने र सम्पुर्ण घाईतेहरुको उपचार समेत सरकारले व्यहोर्ने जानकारी दिए ।

धनुषाको सवैला नगरपालिका ४ कोठिया बल्टीयामा विवाहको लागी जन्ती गएको बस फर्किने क्रममा करेण्ट प्रवाह भई आगलागी हुंदा ६ जनाको मृत्यु भएको थियो । मन्त्री पुनले घटनाप्रती दुखः व्यक्त गर्दै पिडित परिवारलाई क्षतीपूर्ती दिने र घाईतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने बताए ।

करेण्ट लागेर गत शुक्रवार २१ जना घाईते भएका थिए । १९ जना घाईते अस्पतालवाट डिस्चार्ज भई घरमै उपचार गरिरहेका छन् भने् दुई जना हाल अस्पतालमै उपचाररत छन् ।