संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा सिफारिस अमृत राईको नाम अनुमोदित

संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा सिफारिस अमृत राईको नाम अनुमोदित


काठमाडौं – संयुक्त राष्ट्रसंघका लागी नेपालको स्थायी प्रतिनिधि सिफारिस अमृतबहादुर राईको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित गरेको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले राईलाई सर्वसम्मतले अनुमोदन गरेको हो ।

एक महिनाअघि दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता बोलाइएका राईलाई सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिका लागि सिफारिस गरेको थियो ।

 दक्षिण अफ्रिकाबाट फिर्ता बोलाइएका राईलाइ (२२ पुष) बसेको मन्त्री परिषद बैठकले न्यूयोर्क नियोगको जिम्मेवारी दिने निर्णय गरेको थियो । सन् १९६५ मा नेपालले नियोग स्थापना गरेदेखि नै सरकारले अपवाद बाहेक परराष्ट्र सचिवलाई न्यूयोर्क नियोगको जिम्मेवारी दिँदै आएको छ।

२०४८ मा राजनीतिक नियुक्तिका रुपमा जयराज आचार्यलाई र ०५६ ताका मन्त्रालयका बरिष्ठ सहसचिव जयप्रताप राणाबाहेक न्यूयोर्क नियोग प्रमुखको जिम्मेवारी सचिव तहका अधिकारीले गर्दै आएका थिए।