एएफसी यु-२० एसियन कप छनोट : नेपाल र बहराइनबीचको खेल आज

एएफसी यु-२० एसियन कप छनोट : नेपाल र बहराइनबीचको खेल आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-चाइनिज ताइपेइमा भइरहेको एएफसी यु–२० एसियन कप छनोटको समूह ‘बी’ को खेलमा नेपालले आज बहराइनसँग खेल्दै छ ।

नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ ।

यो समूहमा रहेको नेपालले यसअघि तीन खेल खेल्दा १ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ ।

पाँच टोली सहभागी समूह ‘बी’ मा नेपाल ३ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु–२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ ।

यस समूहमा उज्वेकिस्तान दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ३ खेलबाट २ जित र एक हारको नतिजाबाट ६ अंक नै जोडेको कम्बोडिया दोस्रो स्थानमा छ । दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको बहराइनको तीन अंक छ र नेपाल भन्दा अघि तेस्रो स्थानमा छ ।