दाङ – प्रहरीले जबरजस्तीकरणी गरेको अभियोगमा दाङबाट १ जनालाई पक्राउ गरेको छ ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१३ सेवार सिर्जनशील टोल डेरा गरी बस्ने सल्यानको दार्मा गाउँपालिका–६ घर भएका २० वर्षीय कमल बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया