परराष्ट्रसचिव वैरागीले भेटे चिनियां परराष्ट्रमन्त्री, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे छलफल 

परराष्ट्रसचिव वैरागीले भेटे चिनियां परराष्ट्रमन्त्री, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे छलफल 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ — परराष्ट्र सचिव शंकर दास वैरागी र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।  नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन बेइजिङ पुगेका परराष्ट्र सचिव वैरागीले चिनियां परराष्ट्रमन्त्रीसंग  चिनियाँ राज्य अतिथिगृह त्याउथाईमा शिष्टाचार भेटवार्ता गरेका हुन् । 

भेटमा द्धिपक्षीय हितका साथै चिनियां राष्टपतिको नेपाल भ्रमणबारे समेत छलफल भएको थियो । परराष्ट्र सचिव वैरागीले नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको बैठकअघि वाङलाई भेटेका थिए । 

संयन्त्रको वैठकमा मुख्यगरी रेलमार्गको विषयमा छलफल भएको थियो । त्यसका साथै दुई देशबीचमा भएका सम्झौताको कार्यान्वयनको समीक्षा समेत वैठकमा गरिएको थियो ।

वैठकमा वैरागीसंगै चीनका लागी नेपाली राजदूत लिलामणी पौडेल,चीन महाशाखा हेर्ने सहसचिव गणेश ढकाल, डेपुटी चिफ अफ मिसन शुसिल लम्साल र बेइजिङस्थित नेपाली दूतावासका मिनिष्टर काउन्सिलर हरिश्चन्द्र घिमिरे सहभागी भएका थिए । 

वैठकमा दुई देशबीचमा भएको यातायात तथा पारवहन सम्झौताका साथै  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका सम्झौतलाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।  

बैठकमा नेपाली पक्षको नेतृत्व सचिव वैरागी र चिनियाँ पक्षको परराष्ट्र मन्त्रालयका उपमन्त्री खोङ सुआनयौले गरेका थिए।  वैठकमा चिनियां पक्षले आगामी मार्चमा चीनको हाइनान प्रान्तमा हुने पोआवो एसिया मञ्चमा नेपालबाट उच्चस्तरीय नेतृत्व सहभागीता भए राम्रो सन्देश जाने बताएको स्रोतको दाबी छ । 

नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको स्थापना सन् १९९६ मा भएको थियो ।  दुवै देशका परराष्ट्र सचिवको नेतृत्वमा परामर्श संयन्त्रको बैठक हरेक वर्ष आलोपालो गरी दुवै देशमा बस्ने भनिए पनि केही समययता वैठक बस्न सकेको थिएन् ।संयन्त्रको १३ औँ बैठक आगामी वर्ष काठमाडौँमा बस्ने तय भएको छ । 

 

चिनियाँ राष्ट्रपति सि मार्चमा नेपाल आउँदै, द्विपक्षीय तयारी तीब्र