ग्लोबल आईएमई बैंकको १७औं वार्षिकोत्सवमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

ग्लोबल आईएमई बैंकको १७औं वार्षिकोत्सवमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट


काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा १ हजार रुपैयाँसम्म ‘क्यास ब्याक’ प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मशिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा १ हजार रुपैयाँको ‘क्यास ब्याक’ उपलब्ध गराउने छ ।

वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरूले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँसम्मको छुट प्रदान गर्नेे योजना सार्वजनिक गरेको छ ।

‘क्यास ब्याक’ योजना पुस १७ गतेदेखि २३ गतेसम्म लागू हुनेछ ।

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको जनाइएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरू अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित ११०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा करीब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकले करीब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको जनाइएको छ ।