काठमाण्डु-सरकारी स्वामित्वका हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका छन् ।
दुवै कम्पनीले नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका हुन् ।
प्राधिकरणका अनुसार हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता छ ।
प्राधिकरणले यी दुवै उद्योगलाई बक्यौता नतिर्नेको सूचीमा राख्दै रकम तिर्न ताकेता गरिरहेको थियो । पछिल्लोपल्ट ४९ वटा उद्योगको नाम र बक्यौता सार्वजनिक गरी प्राधिकरणले लाइन काट्ने चेतावनी दिएको थियो ।
कात्तिक ८ गते ३४ वटा उद्योगको लाइन काट्दा ती दुई उद्योगको काटेको थिएन ।
प्रतिक्रिया