मेलम्ची आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै सम्पन्न गराउन निर्देशन

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अलपत्र छोडेर सिएमसी कम्पनी हिँडेपछि संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ । बिहिबार सिंहदरबारमा बसेको समितिको बैठकले तत्काल काम थाल्नेगरी नेपाली निर्माण व्यवसायीमार्फत् सो आयोजनाको बाँकी काम पूरा गर्न खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिएको…