अमेरिकामा राजनीतिक विवाद चुलियो, न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द

वासिङटन - अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिएका छन् । साथै, राष्ट्रपति ट्रम्पले डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने अमेरिकी अधिकारीहरुको भ्रमण पनि स्थगित गरेका छन् । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा…