इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या १६८ पुग्यो

जकार्ता - इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण वेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ । दक्षिणी सुमात्रा…