भारतको काश्मिरमा छ जना लडाकू मारिए

एजेन्सी- भारतीय सुरक्षा फौजको कारबाहीमा भारत नियन्त्रित काश्मिरमा छ जना लडाकू मारिएको सुरक्षा स्रोतले जनाएको छ । सेनाका अनुसार पुल्वामा जिल्लाको अवन्तीपोरा भन्ने ठाउँमा भएको भिडन्तमा ती व्यक्ति मारिएका हुन् । सुरक्षाकर्मीहरुले घटनास्थलबाट हातहतियार तथा विभिन्न बन्दोबस्तीका सामग्री पनि बरामद गरेको छ । लडाकूहरु लुकेर बसेको भन्ने विश्वसनीय सूचनाका आधारमा अवन्तीपोरामा शनिबार बिहानै खोज कारबाही गरिएको…