मन्त्री महासेठ भन्छन् – भारत-चीनको सहयोग लिएर रेल मार्गको काम गर्दैछौ

काठमाडौं– शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धि र विकासका लागि पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताएका छन् । मन्त्री महासेठले मुलुकलाई समृद्ध बनाउन सरकारले रेलमार्ग र जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिनु परेको पनि स्पष्ट पारे । उनले भारत र चीन दुवै छिमेकी मुलुकको सहयोग लिएर…