पूर्वी नवलपरासीको दाउन्ने डाँडाबाट नेपाली सेनाको सुरक्षा हटाइयो

नवलपरासी - पूर्वी नवलपरासीको दाउन्ने डाँडामा द्वन्द्वकालमा रहेको रिपिटर टावरको सुरक्षाका लागि खटिएको नेपाली सेना शान्ति सुरक्षाको कुनै जोखिम नभएको भन्दै हटाइएको छ। जिल्ला सुरक्षा समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को निर्णयअनुसार नेपाली सेनाले आफ्नो जिम्मेवारी बरबुजारत गरी दाउन्नेबाट बाहिरिएको हो। हाल देशमा शान्ति सुरक्षा कायम भएको र त्यहाँ उपलब्ध जनशक्ति टावरको सुरक्षाका लागि पर्याप्त…