निर्मला हत्या प्रकरण : अनुसन्धानमा लापरबाही गर्ने आठ प्रहरीविरूद्ध आमाले दिइन् जाहेरी

काठमाडौं - कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धानमा संलग्न आठ प्रहरी अधिकारीविरूद्ध जाहेरी परेको छ। तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरूद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मंगलबार जाहेरी दिएको कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए। आफ्नी छोरीको बलात्कारपछी हत्या घटनामाथि अनुसन्धानमा संलग्न आठ प्रहरी कर्मचारीलाई कानुन बमोजिम सजाय दिलाउन भन्दै…