निर्मलाको हत्या स्वीकारेका प्रदीप र विशालको पनि डिएनए मिलेन, अझै अफ्ठेरोमा एसपी विष्ट

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको छ। स्रोतका अनुसार निर्मलाको शरीरबाट निकालिएको ‘स्वाब’सँग उनीहरुको डीएनए नमिलेको हो । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले प्रदीपलाई मंसिर २० गते काठमाडौंमा पक्राउ गरेको थियो भने विशाललाई मंसिर २१ मा कञ्चनपुरबाट काठमाडौं ल्याइएको…