कांग्रेस महासमिति बैठक : यी पाँच दस्तावेजमा छलफल हुने

भीष्मराज ओझा काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शुक्रबारदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा शुक्रबार अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए…