गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु


झापा – बिर्तामोड नगरपालिका–५ मुक्ति चोकस्थित सडकमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मे१च ६६१३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री मोरङको रतुवामाई नगरपालिका–८ बस्ने ७० वर्षीया टंक माया सुवेदीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।