काठमाण्डु– चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै डिसीले आफुसँग भएको अन्र्तराष्ट्रिय र राष्ट्रिय सम्बन्ध लाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागी उपयोगी हुने भन्दै व्यक्तिगत प्रयोगको सट्टा सबैले मिलेर राम्रो काम गरे इन्डष्ट्रि पूरै फाइदामै जाने बताएका हुन् ।
उनले भने, ‘मलाई युज नगर्नुस् , राम्रो गर्नुस् इन्डष्ट्रि पूरै फाइदामा जान्छ, मसँग भएको अन्र्तराष्ट्रिय र राष्ट्रिय नेटर्वक र सम्बन्ध जुन छ ति सम्बन्धहरु यहाँहरुको गाडी चालकदेखि लिएर सदस्य सचिव ज्युसमेतले राम्रो कामको लागि प्रयोग गर्नु भयो भने व्यक्तिगत लगायत पेसागत हितका लागी पनि म उपयोगी हुन सक्छु , तर मलाई प्रयोग भएको महशुस भयो भने मेरो आमा शेर्पा हो भन्ने कुरा यहाँहरुलाई भन्न चाहन्छु ।’
साथै उनले आफू जागिर खानको लागि नभएर काम गर्न आएको उल्लेख गरे । उनले चलचित्र क्षेत्रलाई जिरोबाट सुरु गर्ने भन्दै अगाडि चिनेको दिनेश डिसीलाई सबैले भुल्नुपर्ने बताए ।
डीसीले बाेर्डका कर्मचारीहरूलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी समेत दिएका छन्। भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने उनले बताए ।
उनले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने पनि बताए।
प्रतिक्रिया