काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।
फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कूल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छुट पाउनेछन् ।
ग्लोबल आईएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको जनाएको छ । आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया