काठमाडौं – सरकारले गोकर्ण फरेस्ट रिसोर्टसँग दुईपक्षीय सम्झौता गरेको छ । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा नेपाल ट्रस्टका निमित्त सचिव राजेश्वर ज्ञवालीले दुईपक्षीय सम्झौता गरेको बताए ।
सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै ज्ञवालीले मंसिर २३ गते मन्त्रिपरिषद्बाट समय थपको निर्णय भइसकेकाले माघ २ गते नेपाल ट्रस्ट र गोकर्ण रिसोर्ट सञ्चालकबीच सम्झौता भएको जानकारी गराए ।
लेखा समितिमा उनले भने, ‘माननीयज्यूहरुले नै बनाउनु भएको ऐन तथा नियमावलीमा टेकेर समय थप गरिएको र त्यसैको आधारमा सम्झौता भएको हो ।’
गोकर्णको लिज समय नसकिँदै समय थप गरिएको विषयमा सर्वत्र सरकारको आलोचना भइरहेको छ ।
आलोचनाकै बीच सरकारले समय थपको निर्णयसँगै दुई पक्षबीच सम्झौता नै गरिसकेको ट्रस्टका निमित्त सचिव ज्ञवालीले लेखा समितिलाई बताएका हुन् ।
प्रतिक्रिया