काठमाण्डु- सुनको मूल्य बुधवार हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नयाँ रेकर्ड बनाउँदै सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य १५ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया