काठमाण्डु – बुधबार, सुनको भाउ ऐतिहासिक उचाईमा पुगेर रेकर्ड ब्रेक गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तिहारको समयमा सुन र चाँदीको खरिद बिक्री बढ्ने भएकाले सुनको मूल्य उकालो लागेको हो ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम सुनको मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई कायम गरेको हो ।
आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १२० रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबार बजारमा चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया