ऊर्जा उद्यमी प्रधानविरुद्ध २६ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

ऊर्जा उद्यमी प्रधानविरुद्ध २६ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता


काठमाण्डु – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार काठमाण्डु जिल्ला अदालतमा २६ करोड रुपैयाँभन्दा बढी रकम बिगो दाबी गरी प्रधानविरुद्ध मुद्दा दायर गरेको छ ।

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडमा भएको कारोबारबारे छानबिन गरी विभागले प्रधानविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो । विभागले प्रधान र उनको परिवारविरुद्ध ५२ करोड रुपैयाँ जरिवानासहित मुद्दा चलाउन सिफारिस गरेकोमा सरकारी वकिल कार्यालयले प्रधानविरुद्ध मात्र मुद्दा दायर गरेको छ ।

विभागको प्रतिवेदनपछि अनुसन्धान गरेका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले अनुसन्धानबाट प्राप्त प्रमाणहरूबाट प्रधान दोषी रहेको पाइएकाले मुद्दा दायर गरिएको जानकारी दिए ।