काठमाण्डु – निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारतबाट पुनर्बीमा व्यवसाय गर्न बाटो खुलेको छ ।
भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीले भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको हो ।
हिमालयनको निवेदनलाई आईआरडीएआईले १६ जनवरी २०२४ मा स्वीकृत प्रदान गरेको छ । स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एशियाली क्षेत्रको उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारतबाट व्यवसाय गर्न स्वीकृति प्राप्त गरेसँगै छविलाई थप उचाइमा पुर्याउने विश्वास कम्पनीको रहेको छ ।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडले केही समयअघि मात्रै सर्वसाधारणमा सार्वजनिक शेयर निष्कासन प्रक्रिया पूरा गरी धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेको छ ।
प्रतिक्रिया