काठमाण्डु – इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी)ले जस बट्लरलाई एक दिवसीय र टी–२० क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको छ । विश्वकप विजेता इयोन मोर्गानले बुधबार पद छोडेपछि विकेटकिपर ब्याटर बट्लरलाई सो जिम्मेवारी दिइएको इसीबीले जनाएको छ ।
मोर्गानले लगातारको चोट र स्वभाविक लय खस्किएसँगै जिम्मेवारीबाट हटेका थिए । मोर्गान इंग्ल्यान्डको कप्तान रहँदा बट्लर सो टोलीको उपकप्तान थिए । बट्लरले मोर्गानको अनुपस्थितीमा यसअघि नै नौ एक दिवसीय र पाँच टी(२० खेलमा इंग्ल्यान्डको नेतृत्व गरिसकेका छन् ।
भारतविरुद्ध ७ जुलाईबाट सुरु हुने तीन टी(२० र तीन एक दिवसीय खेलको शृंखलासँगै बट्लरले जिम्मेवारी सम्हाल्नेछन् । इंग्ल्यान्डले शुक्रबार भारत भ्रमणका लागि टोली घोषणा गर्ने बताइएको छ ।
इंग्ल्यान्डले अक्टोबरमा अस्ट्रेलियामा टी–२० विश्वकप सुरु हुनुभन्दा अघि दक्षिण अफ्रिका, पाकिस्तान र अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका छ ।
प्रतिक्रिया