सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्री खुला

सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्री खुला


काठमाण्डु-  सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि उद्योग प्रभावित स्थानीय तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा २ लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

उद्योग प्रभावित क्षेत्रका स्थानीयमा जारी भएको आईपीओ नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।