काठमाण्डु – निलगिरी खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन ४ गते वार्षिक साधारण सभा बोलाएको हो ।
माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा आव्हान गरेको हो । सभामा आइपीओ निष्कासन गर्ने, कम्पनीले निष्कासन गर्ने आईपीओमा सर्वसाधारणलाई छुट्टाइने सेयर प्रतिशत संशोधन गरी पारित गर्ने एजेण्डा रहेको छ ।
साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया