यस्तो रहने छ आजको मौसम

यस्तो रहने छ आजको मौसम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- देशभरि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। हाल गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आइतबार मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।