दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय


काठमाण्डु – चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार बसेको बैठकले झापामा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।

यसअघि गत चैत १२ गते सर्वोच्च अदालतले मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि काठमाण्डु विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले सम्बन्धन दिन आयोगलाई सिफारिस गरेको थियो ।