मोनोरेलको डीपीआर सम्झौता एक वर्षमा तयार पार्ने

मोनोरेलको डीपीआर सम्झौता एक वर्षमा तयार पार्ने


काठमाडौँ – काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको निर्माणका लागि एक वर्षभित्र सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने गरी सम्झौता भएको छ।

“मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, व्यूरो २५)का पदाधिकारीहरू मंगलबार नेपाल आएका थिए । उनीहरुसंग बुधबार काठमाडौं महानगरपालिकाले मोनोरेलको डीपीआर तयार पार्न चिनियाँ कम्पनि सीआरसीसीसँग सम्झौता गरेको छ । आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने भनिए पनि एक वर्षको अवधि राखेर सम्झौता गरिएको हो।

यस्तो छ प्रतिवेदन

प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार मोनोरेलको स्टेशन कोटेश्वर-कलंकी, कलंकी-महाराजगञ्ज, महाराजगञ्ज-कोटेश्वर गरी तीन खण्डमा हुनेछ । चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने उल्लेख गरिएको छ। यसअघि गरिएको प्रारम्भिक अध्ययनअनुसार नै मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने देखिएको छ।