अनलाइन पत्रकार संघ र वडा प्रहरी कार्यालय नेपालगञ्जद्धारा सरसफाई अभियान

अनलाइन पत्रकार संघ र वडा प्रहरी कार्यालय नेपालगञ्जद्धारा सरसफाई अभियान


नेपालगञ्ज – नेपालगञ्जमा शनिबारदेखि सरसफाई अभियान सुरु भएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघ नेपालगञ्ज र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त आयोजनामा सरकारी निकाय,नेपाली सेना,शसस्त्र प्रहरी,नागरिक समाजका अगुवा,विभिन्न राजनीतिक दल लगायतको सहकार्यमा गणेशमान चोकदेखी विपी चोकसम्म सरसफाई गरिएको छ ।

हर-प्रहर गाउं र नगरी टोल-टोलमा नेपाल प्रहरी समुदाय प्रहरी साझेदारी अभियानसंगै नेपाल प्रहरीका इन्सपेक्टर नारायण डागीं र ट्राफिक कार्यालयका प्रमुख हिरेन्द्र रोकायाको नेतृत्वमा गरेको थियो ।

राष्ट्रिय अनलाइन पत्रकार संघ नेपालगञ्जले धुलो रहित नेपालगञ्ज भनेर व्यानर सहित सरसफाई अभियान सुरु गरेका थिए । अभियान कर्ता शसस्त्र प्रहरी बलका डिएसपी हर्क बहादुर शाहि,समाजसेवी अनिल बस्न्यात, राष्ट्रिय अनलाइन पत्रकार संघ ५ नम्बर प्रदेशका सभापति उदय सिहं श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।