काठमाण्डु – शेयर बजार नेप्से परिसूचक हप्ताको तेस्रो कारोबार दिन आज बिहीबार पनि घटेको छ ।
आज नेप्से ३.९४ अंकले घटेको छ । ०.१९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६६.८९ अंकमा झरेको छ ।
बिहीबार ३०३ कम्पनीका १ करोड १३ लाख ८३ हजार ४७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ९८ लाख ४५ हजार ५३०.८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ८ कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशत बढी नाफा कमाएका छन् । भिजन लुम्बिनी ऊर्जा कम्पनीको सबैभन्दा बढी १० प्रतिशतले शेयर मूल्य बढेको छ । चिरख्वा हाइड्रो, हाथवे, मनकामना इन्जिनीयरिङ, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ, तारागाउँ रिजेन्सी र सोनापुर मिनिरल्सका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
धौलागिरी लघुवित्त र बीपीडब्लू लघुवित्तका लगानीकर्ताले १०–१० प्रतिशत घाटा व्यहोरेका छन् ।
बिहीबार सोनापुर मिनिरल्सको शेयरले उच्च कारोबार गरेको छ । कम्पनीको १४ करोड १० लाख ५१ हजार ८४३.९० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
हप्ताको पहिलो दिन आईतबार २१.०३ अंकले बजार घट्दा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९.८० रुपैयाँ र बुधबार १७.२३ अंकले बजार घट्दा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११.३७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया