प्रि-ओपन सेसनमा नेप्से ४ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से ४ अंकले वृद्धि


काठमाण्डु- प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सुचक ४.०५ अंकले बढेर २०६३.५५ विन्दुमा आएको छ ।

यो सेसनमा ३२ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने एक कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन । यो सेसनमा ४५ कम्पनीको ४ हजार २३५ कित्ता सेयर कारोबार हुदाँ १४ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल १०१ वटा कारोबार भएको हो ।