प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो


काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक १.६२ अंकले घटेको छ । यससँगै सूचक २१२८.५६ अंकमा आएको छ । यो सेसनमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको हो ।