नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज सोमबार दोहोरो अंकले बढेको छ ।

पछिल्ला ३ कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज सोमबार १४ दशमलव ५७ अंकले बढेर २ हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ ।

सोमबार होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर बढेको छ । सोमबार नेपाल टेलिकम, पिपुल्स पावर लिमिटेड र समाज लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

सोमबार शेयर बजार बढे पनि कारोबार रकम घटेको छ । सोमबार ७४ लाख ९१ हजार कित्ता शेयर २ अर्ब ४३ करोड रुपैयाँ कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्सको १८ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।