पछिल्लो २४ घण्टामा कहाँ कति वर्षा भयो ? (सूचीसहित)

पछिल्लो २४ घण्टामा कहाँ कति वर्षा भयो ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-पछिल्लो २४ घण्टामा देशैभर भारी वर्षा भएको छ ।

कोशी र मधेश प्रदेशको केही र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा घनघोर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशका १२ स्थानमा १५० मिलिमिटर वर्षा भएको छ ।

मौसमविद्का अनुसार २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा पनि धेरै वर्षा मापन भएको छ ।

हाल देशभर अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको र आगामी आगामी २४ घण्टा देशै भर नै मनसुन सक्रिय रहने छ । जसकारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारी वर्षाको सूची

सिरहा हाइड्रोमा १०३.८ मिलिमिटर

सप्तरीको कल्याणपुरमा १११.२ मिलिमिटर

सप्तरीकै रुपनी बजारमा १२५.६ मिलिमिटर

उदयपुरको सुन्दरपुरमा १३४.६ मिलिमिटर

सप्तरीको बरमझियामा १६१.२ मिलिमिटर

मोरङको विराटनगर एअरपोर्टमा १५१ मिलिमिटर

झापाको गौरादहमा १३०.८ मिलिमिटर

झापाकै केचनामा १७५.४ मिलिमिटर

झापाकै चन्द्रगढी एअरपोर्टमा १०१.६ मिलिमिटर

इलामको कन्याम टी स्टेटमा १०१.२ मिलिमिटर

इलामको कन्काई मैनाचुलीमा ११७.२ मिलिमिटर

कैलालीको धनगढी अत्तरियामा १०२.६ मिलिमिटर