काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाण्डुमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन) मा सरिक भएका छन् ।
उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीमार्फत् कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । सो समारोहमा विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया