राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित

राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित


काठमाण्डु-  राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छन् । सहकारी महासंघमा पहिलो पटक महिना नेतृत्व चयन भएको हो । उनि महासंघमा लामो समयदेखि सक्रिय थिईन । उनि पूर्व सांसद समेत हुन् ।

महासंघको ३१ औं साधारणसभामा अधिकांश पदमा सर्वसम्मति भएको हो । महासंघमा २ उपाध्यक्षका लागि ३ जनाको उम्मेवदारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल र महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध निर्वाचित भएकी छन् ।

निर्वाचन समितिले उपाध्यक्षमा खेमबहादुर पाठक, डीबी बस्नेत र शेषकान्त गौतमको उम्मेदवारी परेको जनाएको छ । महासंघमा सुदूरपश्चिमबाहेक ६ वटै प्रदेशका सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा वाग्मतीबाट पार्वती न्यौपाने, गण्डकीबाट परितोष पौड्याल, लुम्बिनीबाट टीका न्यौपाने, कर्णाली प्रदेशबाट काशीचन्द्र बराल, कोशीबाट छत्रप्रसाद रिमाल र मधेशबाट शम्भुप्रसाद निर्विरोध निर्वाचित भएका हुन्न् । सुदूरपश्चिममा माधवप्रसाद जोशी र प्रेमसिंह भाटको उम्मेदवारी परेको छ।

५ जना महिला सञ्चालकमा हुमाकुमारी जीसी, योगमाया सुवेदी, एकता शाह, कमलाकुमारी सुवेदी पौडेल, शारदा दाहाल निर्विरोध निर्वाचित भएका छन् । ४ जना खुल्ला सदस्यका लागि बद्रिप्रसाद लम्साल, प्रेमप्रसाद सुवेदी, होमनाथ जैसी, सुमन नेपाल, कृष्णबहादुर खत्री र सञ्जयकुमार शाहको उम्मेदवारी परेको छ ।

केन्द्रीय संघ र सहकारी बैंकका तर्फबाट निर्वाचित हुने ३ जना सञ्चालकहरुमा टेकप्रसाद चौलागाई, हरिहरनाथ योगी र नथुनी यादवको मात्र उमेदवारी परेकाले उनीहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।