बन्द भएका सटरहरू अब बिस्तारै खुल्दैछन् : ऊर्जामन्त्री बस्नेत

बन्द भएका सटरहरू अब बिस्तारै खुल्दैछन् : ऊर्जामन्त्री बस्नेत


काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको बताउँदै बन्द सटरहरू खुल्ने बताएका छन् ।

शनिबार नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै उनले कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुत हुन नसकेको बताए ।

उनले भने, ‘कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेको दबाबबाट नेपाल पनि अछुत रहेन । बिस्तारै अर्थतन्त्र लयमा फर्किंदैछ । बन्द भएका सटरहरू अब बिस्तारै खुल्दैछन् ।’

सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पठाइसकेको जानकारी उनले दिए । ‘नेपाली श्रीलंका बन्छ भन्ने हल्ला अब छैन, बिस्तारै देश बर्बादीतिर होइन, समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्,’ उनले भने ।

मन्त्री बस्नेतले १२ वर्षमा २९ हजार मेगावाट विद्युत् उत्पादन गरेर देशलाई समृद्धिको यात्रामा अघि बढाउन सरकार लागिपरेको बताए ।