२२ अंकले सेयर बढ्दा साढे ११ अर्बको कारोबार

२२ अंकले सेयर बढ्दा साढे ११ अर्बको कारोबार


काठमाण्डु-सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से २२.१४ अंकले बढेर २७६० अंकमा कायम भएको छ ।

बजार ०.८८ प्रतिशतले उकालो लाग्दा २ करोड ४५ लाख कित्ता सेयर किनबेच भयो । आज कारोबार रकम पनि बढेको छ । हिजो ९ अर्बको कारोबार भएको बजारमा आज ११ अर्ब ३१ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका १४३ कम्पनिको मूल्य बढेको छ भने ९२ वटा कम्पनिको मूल्य ओरालो लाग्दा ९ कम्पनि सथिर रहे । आज कारोबारका आधारमा साहस उर्जाले सर्वाधिक ३८ करोडकोे कारोबार गर्यो ।

आज  ८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, माछापुच्छ्रे बैंक, कुथेली बुकरी स्मल हाइड्रोपावर र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

गुडविल फाइनान्सको ९.८ तथा नारायणी विकास बैंकको ९.६ प्रतिशत मूल्य बढ्यो । इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ९.७, सानिमा जीआईसी इन्स्योरेन्सको ४.१ प्रतिशत घट्यो ।